होल्डिङ सेन्टरको विकल्प खोजिँदै

बाँके, ६ बैशाख । कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ । तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो…