जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल शुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस ९कोभिड–१९०को महामारीलाई मध्यनजर गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताउनुभयो । तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी…