अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा मंगलबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरीका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको छ ।  बाटोबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो ।