काठमाडौँ, १० पौष । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका मृत्यु हुनेमा अर्घाखाँची घर भएर बसुन्धारा बस्ने २१ वर्षीय सागर खड्का छन् । गएराति साढे १० बजेतिर बागमती प्रदेश–०१–००६ ख ३४५४ नम्बरको टिप्परले लु ५९ प ७०६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खड्का…