काठमाडौँ, २९ पौष । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशको तराई भू–भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ…