जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ, २६ मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका–५ भिरपाटी सडकबाट खसेर दुर्घटनामा परेको हो । जिपमा १० जना सवार रहेको बताइएको छ । आठजना मृत्यु भएको र दुईजना घाइते भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।…