आठ जना जुवाडे पक्राउ

काठमाडौँ, ९ मंसिर । काठमाडौँबाट प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका ७ चाबहिल बस्ने ४५ वर्षीय माधव लाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा चितवन घर भई चाबहिल बस्ने २८ वर्षीय रमेश घिमिरे लगायत ८ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई…