भक्तपुर, ३० असोज । जिल्लाको मध्यपुर थिमी नगरपालिका–६ बहाखा चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गएराति सवा १० बजे सानो थिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सीले बा ८५ प ५४४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक नुवाकोट घर भई कपन बस्ने…