अश्लील नृत्य गर्ने ९ जनालाई नियन्त्रणमा लिएर छोडियो

जनकपुरधाम, ६ भदौ । महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । गौशाला नगरपालिकाको वडानम्बर २ निगौलबाट…