काठमाडौँ, २० साउन । देशका केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा…