भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु

भक्तपुर, २१ जेठ । मध्यपुरथिमि नगरपालिका–१, मनहरास्थित सुकुमबासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुमबासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । प्रहरीले शव परीक्षणका लागि काठमाडौं मेडिकल…