तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव फेला

काठमाडौँ, १७ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको २२ जनाकै शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ । सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौँ ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको छ…