दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना भएको हो । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का…