काठमाडौँ, ५ बैशाख । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ…