मकवानपुर, १९ बैशाख । मकवानपुरको घट्टेपाखामा लोडर दुर्घटाना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निजगढ-काठमाडौं दुतमार्ग (फास्ट ट्रयाक) सडक खण्ड अन्तर्गत पर्ने बकैया गाउँपालिका वडा नम्बर–११ घट्टेपाखामा लोडर अचानक सिमात खोलमा खस्दा दुई जनाको मृत्यु भएको हो । लोडरमा ५ जना चिनीया र १ जना नेपाली नागरिक रहेको र दुर्घटनामा…