हत्यामा संलग्न भई फरार एक जना नौ वर्षपछि पक्राउ

काठमाडौँ, ८ माघ । हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ । उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका…