करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देही, १६ असोज । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका परियारको उपचारको लागि भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको…