नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेको आरोप लगाइएको छ । वडा नम्बर–७, ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको जनाइएको हो । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी…