सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ, ४ चैत । संखुवासभाबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था अचानक गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो । बुधबार बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएपछि राईको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको अस्पतालले जनाएको छ । अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था झनै नाजुक बन्दै गएको थियो। थप…