उदयपुर, १७ साउन । उदयपुरको त्रियुगा नगरपालिका–२, खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीनजनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ ‘सिल’ गरिएको छ…