काठमाडौँ, ४ जेठ । हाल अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ । ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ…