काठमाडौँ, ४ कार्तिक । प्रहरीले भक्तपुरको सुकुम्वासी बस्तीबाट ७ राउन्ड गोली बरामद गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित मनहराको सुकुम्वासी बस्तीमा बेवारिसे अवस्थामा भेटिएको थ्रिनट थ्रि राईफलको ५ राउन्ड र एसएलआरको २ राउन्ड गोली बरामद गरिएको हो । जेनजी प्रदर्शनमा उच्छृङ्खल समूहले प्रहरी कार्यालयहरूबाट सो गोली लुटेको आकलन…