जिपले किचेर एकजनाको मृत्यु

चरीकोट, २५ फागुन । दोलखाको वैत्येश्वर गाउँपालिका-६ नाम्दुमा जिपले किचेर एकजनाको मृत्यु भएको छ । वैत्येश्वर गाउँपालिका-६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरो जिपले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरीले जनाएको छ । यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको बिग्रिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही…