आज काठमाडौँसहित गण्डकीका पाँच जिल्लामा बत्ती जाने

काठमाडौँ, २२ फागुन । काठमाडौँ उपत्यका केही ठाउँसहित उपत्यकाका बाहिरका मुख्य सहरमा आज फिडर लाइन सटडाउन गरिने भएको छ । ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैंसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौँको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३…