आज श्रीपञ्चमी सरस्वतीको पूजाआराधना गरि मनाइँदै

काठमाडौँ, ४ फागुन । आज श्री पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै छ । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने…