काठमाडौँ, २५ माघ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ । आजदेखि मौसम सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा…