बाघको छालासहित एकजना पक्राउ

काठमाडौँ, २९ पौष । काठमाडौँको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका मनमैजु बस्ने बृशराज घलेलाई  अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद…