एक पुरुष मृत अबस्थामा फेला

हेटौँडा, २६ पौष । हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङमा अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । आज बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको हाल सनाखत हुनसकेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शवको मुचुल्का उठाउने काम भइरहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।