मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

म्याग्दी, १६ पौष । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो । मौवाफाँट, पिप्ले र बेग मध्ये कहाँ अस्पताल बनाउने भन्ने विषयमा जनप्रतिधिबीच सहमति जुट्न…