एटिएम फुटाउँदै गर्दा कोटेश्वरबाट एक जना पक्राउ

काठमाडौँ, २२ मंसिर । कोटेश्वरस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति मुनीभैरब-कोटेश्वरको बीचमा रहेको सो बैंकको एटिएम फुटाउँदै गर्दा सिन्धुपाल्चोक बाह्रबिसे घर भई कोटेश्वर बसिरहेका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको परिसरले जनाएको छ । प्रहरीका अनुसार…