काठमाडौँ, १ पौष । पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गरिएको मन्दिर हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो । मन्दिर खुल्ला भएपछि आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ…