एक सिलिन्डरको मूल्य चौध हजार

काठमाडौँ, २७ मंसिर । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताए । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा…