मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

डोटी, २५ कार्तिक । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ४, पिपल्लाकी ७० वर्षीया टीकेश्वरी विक छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से.५प ९४६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सख्त घाइते विकको दिपायल पिपल्लामा रहेको शैलेश्वरी…