मूर्ति विसर्जन गर्न गएका एक बालक नदीमा बेपत्ता

लुम्बिनी, १२ कार्तिक । दुर्गा भगवतीको मूर्ति विर्सजन गएका एक बालक रुपन्देहीको दानव नदीमा बेपत्ता भएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका– ६ महदेवा निवासी अन्दाजी १६ वर्षीय मुकेश चौधरी मंगलबार दिउँसो दुई बजे नुहाउने क्रममा बेपत्ता भएका हुन् । दुर्गाको मूर्ति विसर्जनका क्रममा उनी अन्य सहभागीसँगै नुहाउनका लागि नदीमा पसेका थिए । मूर्ति विसर्जन पश्चात…