कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल, २४ साउन । रुपन्देहीमा कार दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीसहित तीन जनाको मृत्यु भएको हो । मृतक अन्य दुईजनाको पहिचान खुल्न बाँकी…