स्याङ्जा, १६ साउन । स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका-१३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ-१२ को लामपाते नजिकै जैरामेमा दुर्घटना हुँदा सह-चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते…