कार र ट्रक ठोक्किँदा ६ जना घाइते

बुटवल, ३ साउन । रुपन्देहीको देवदहस्थित बुटवल खैरेनी सडकखन्ड पुर्व जंगल क्षेत्रमा कार र मिनि ट्रक एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् । शनिबार बिहान ६ बजे वीरगन्जबाट बुटवलतर्फ आउँदै गरेको ना ७ ख ४९४७ नम्बरको आईचर ट्रक र बैतडीबाट काठमाडौँतर्फ जाँदै गरेको बा १७ च २२१७ नम्बरको कार एक-आपसमा ठोक्किँदा कार चालक डम्बरसिँह…