चट्याङ लागेर एक बालिकाको मृत्यु

भोजपुर, १ असार । भोजपुरको षडानन्द नगरपालिका-३ खार्ताम्छामा चट्याङ लागेर एक बलिकाको मृत्यु भएको छ । ट्याम्के मैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मावली घर आएकी बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाईँ भइरहेको समयमा वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारको…