काठमाडौँ, ८ जेठ । लकडाउन उल्लङ्घन गर्ने २ हजार ७ सय वटा गाडीलाई प्रहरीले नियन्त्रणम लिएको छ । बिहीबार बिहानै उपत्यकाका विविन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् । २६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी…