स्वास्थ्य जाँचबिनै भित्रिए ८ हजार नागरिक

काठमाडौँ, १७ वैशाख । लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन। लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन्। उनीहरू…