२२ लाखको मोबाइलसहित एक जना पक्राउ

काठमाडौँ, २२ माघ । झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिक पक्राउ  परेका छन । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले एक सय ८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ ।…