काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औँ महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको गोरखापत्रलाई बताउनुभयो । महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन…