काठमाडौँ, ६ मंसिर । निजामती सेवाको सञ्चालनमा पहिलो पटक आधारभूत सिद्धान्तको व्यवस्था हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक’ को दफाबार छलफलका क्रममा आधारभूत सिद्धान्तको व्यवस्था गर्ने सहमति जुटेसँगै ऐनमा ८ आधारभूत सिद्धान्त समेटिने भएका छन् ।…