काठमाडौँ, १८ कार्तिक । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम…