काठमाडौँ, २० मंसिर । ट्राफिक प्रहरीले कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा शुक्रबार र शनिबार चार घन्टा सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुने भएकोले सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले जनाएको छ । महाशाखाकाका अनुसार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी…