काठमाडौँ, १ भदौ । नेवार समुदायको परिकार यःमरी अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति निकालेर यःमरीलाई अभौतिक सांस्कृतिक सम्पदाका रूपमा सूचीकृत गरेको जानकारी गराएको हो । मन्त्रालयले गएको वर्ष भदौ ३१ गतेको निर्णय अनुसार कार्यविधि बनाएर सूचीकरणका लागि आह्वान गरेको थियो । १ सय ५ वटा आवेदन परेकोमा यस…