एआई प्रविधिबाट सारसको अध्ययन गरिँदै

काठमाडौँ, ३ असार । सारसको नयाँ प्रविधि एआईबाट अध्ययन गर्न थालिएको छ । भक्तपुर बहुमुखी क्याम्पस र लुम्बिनी ग्रिन युथ क्लबद्वारा बेइजिङ फरेस्ट युनिभर्सिटी चीनको प्राविधिक सहयोगमा लुम्बिनी आसपास अध्ययन थालिएको हो । युनिभर्सिटीको प्राविधिक टोलीले लुम्बिनी छेउछाउका तेलार, दानव नदी, गजेडी र गैडहवा तालमा विश्वकै दुर्लभ पन्छी सारसको तस्बिर खिचेको छ । त्यस्तै, लुम्बिनी–तौलिहवा सडकखण्डका विभिन्न ठाउँ, दोहनी, जगदीशपुर,…