चितवन, २ असार । गैंडाले आक्रमण गर्दा आइतबार साँझ चितवनको मेघाैलीमा एकजनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२८ का ६० वर्षीय जंगे कुमालकाे गैंडाकाे आक्रमणमा परी ज्यान गएकाे हाे । माछा मार्न खाेलामा गएका बेला कुमाललाई आइतबार साँझ आठ बजे तिर गाउँ आडकाे राप्ती खाेलामा गैंडाले हानेकाे हाे। आक्रमणपछि गम्भीर घाइते भएका जंगेलाई…