धनुषा, १० चैत । धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आज बिहान मिथिला नगरपालिका–११ तुलसीपाटु खोलाको किनारमा अन्दाजी ६० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । तराई मुलका जस्ता देखिने मृतकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।