अब चक्रपथबाहिर पनि ट्याक्सी मिटरमै चल्नुपर्ने

काठमाडौं, ९  फागुन । अब चक्रपथभन्दा बाहिर ट्याक्सीहरु मिटरमै जानुपर्ने भएको छ । उपत्यकाभरि नै ट्याक्सीलाई मिटरमा गुड्ने व्यवस्था मिलाउन यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई पत्र लेखेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अब मिटर ट्याक्सीहरु उपत्यकाभित्र जहाँ गए पनि मिटरमै चल्नुपर्ने जनाएको छ । चक्रपथभन्दा बाहिर भाडामा बार्गेनिङ हुने गर्दा त्यसकै बाहनामा ठगी मौलाएपछि…